प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज भए



१९ मंसिर २०७६, काठमाडौं

महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएका छन्। उनी आज दिउसो ३ बजे डिस्चार्ज भएका हुन्।

एपेन्डिसाइटीसको समस्या भएपछि प्रधानमन्त्री ओलीलाई गत १० मंसिरमा मनमोहन सेन्टरमा पुरयाइएको थियो। उनको सोही दिन शल्यक्रिया भएको थियो।

प्रतिक्रिया दिनुहोस्