गर्भ रहेको कसरी थाहा पाउने?



१९ मंसिर २०७६, काठमाडौं

सन्तान जन्माउनका लागि महिला गर्भवती हुन्छिन्। कतिपयः महिलाहरु चाहेर पनि गर्भवती बन्न सकिरहेका हुँदैनन् भने कति महिलाहरु  नचाँहदा–नचाँदै पनि गर्भवती बनिरहेका हुन्छन्।

यी दुवै अवस्था आउनुमा फरक–फरक कारण हुन्छन्। कतिपयः महिलाहरु मानसिक, आर्थिक र सामाजिक रुपमा परिपक्व नहुँदै सानो असावधानीले पनि गर्भवती हुन्छन् भने कतिपयमा स्वास्थ्यका कारणले लामो प्रयास गर्दा पनि गर्भवती बन्न सकिरहेका हुँदैनन्।

महिलाले आफू गर्भवती भएको कसरी थाहा पाउने?

–महिला गर्भवती भएको पहिलो लक्षण नै महिनावारी रोकिनु हो। शारिरीक सम्पर्क भएपश्चात् महिनावारी रोकिन्छ।

–गर्भवती भएपनि प्रायः जसो महिलाहरुले स्वयं नै अनुभूति गर्न सक्छन्। जुन प्रायः जसो सत्य सावित हुन्छ।

–गर्भवती भएपपश्चात् महिलाको स्तनको टुप्पोमा कालो रङ देखा पर्नुका साथै दुख्ने हुन्छ।

–गर्भवती भएपश्चात् शरिरमा हर्मोनको वृद्धि हुने गरेकाले महिलाहरु चाँडै नै थकान महसुस गर्दछन्।

–गर्भवती महिलाले शरिरमा नयाँ अवस्थाको सामना गर्नुपर्ने भएकाले बिहानीपख ज्वरो आउने र शुरुवातका केही महिनामा वान्ता हुने गर्दछ। तर बिस्तारै यो समस्या हट्दै जान्छ।

–बच्चा गर्भमा आएपछि नजन्मेसम्म महिलालाई बारम्बार पिसाव लाग्ने गर्दछ। बच्चा बढ्दै गएपछि पिसव नलीमा पाठेघरले निरन्तर चाप दिने र मृगौलाबाट पनि अतिरिक्त रसायनहरु बाहिरीने भएकाले औषतमा बढी नै पिसाव लाग्छ।

–बच्चाको उचित विकासका लागि गर्भवती महिलाले अघिपछि भन्दा बढी पोसिलो खानेकुरा खानुपर्छ। बढी मात्रामा भिटामिन र प्रोटिनयुक्त खानेकुरा खाइरहने हुँदा केही खानेकुरा खान मन पर्दैन। तर खान भने छोड्नु हुँदैन। एस्ट्रोजन हर्मोनको साइडइफेक्टका कारणले कतिपय महिलालाई केही कुराको वास्ना तथा गन्धले पनि एलर्जी हुन सक्छ।

–गर्भवती महिलामा कहिलेकाँही कब्जियत पनि हुन सक्छ। यस्तो अवस्थामा तत्कालै चिकित्सकको सल्लाह लिनुपर्छ।

–बच्चा बढ्दै गएपछि आमाको शरिरमा भएको प्रोटिन बच्चालाई अवश्यक पर्ने भएकाले गर्भवती महिलाहरु कम्जोर भएर काम्ने र बेहोस हुने समस्या पनि आउन सक्छ। त्यसैले, धेरै प्रोटिन र भिटामिनयुक्त खाना खानु जरुरी हुन्छ।

–पेटमा भएको बच्चाको वृद्धि र तौलमा हुने हेरफेरले गर्भवती महिलाको ढाड दुख्ने समस्या हुन्छ।

–गर्भवती महिलाको मन ज्यादै चन्चल हुन्छ। उनीहरुको व्यवहार छिनछिनमा परिवर्तन हुन्छ। तर सधैँ तनाव लिएर मनमा नकारात्मक कुरा खेलाउँदा बच्चाको मानसिक विकासमा पनि असर पर्न सक्छ।

प्रतिक्रिया दिनुहोस्