प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज हुँदै



१९ मंसिर २०७६, काठमाडौं

महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विहिबार डिस्चार्ज हुने भएका छन्। उनलाई आज दिउसो ३ बजे डिस्चार्ज गर्न लागिएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

प्रधानमन्त्रीका एक जना चिकित्सक डा. दिलिप शर्माले स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गर्न लागेको बताए। उनले अहिले अवस्था सामान्य उन्मुख भएकोले अस्पतालमा बसिरहनु नपर्ने निस्कर्षमा पुगेरै डिस्चार्ज हुन लागेको बताए।

‘पछि सामान्य जाँच, निगरानी बालुवाटारमै हुने भयो। फलोअपका लागि त मनमोहनमा आउन पनि समस्या भएन। त्यसैले आज डिस्चार्ज गरिने कुरा भएको हो,’ उनले भने।

एपेन्डिसाइटीसको समस्या भएपछि प्रधानमन्त्री ओलीलाई गत १० मंसिरमा मनमोहन सेन्टरमा पुरयाइएको थियो। उनको सोही दिन शल्यक्रिया भएको थियो।

प्रतिक्रिया दिनुहोस्