प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण चिकित्सकको परामर्शमा निर्णय लिइने



१८ मंसिर २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएकाले मृगौला प्रत्यारोपण चिकित्सकको सल्लाहमा गर्ने निर्णय गरेको छ।

पार्टी मुख्यालय धूम्बाराहीमा आज बसेको सचिवालय बैठकले उनको मृगौलाको डाइलोसिस भइरहेकाले मृगौला प्रत्यारोपणबारे चिकित्सकसंग सल्लाह गर्ने निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

“महाराजगञ्जस्थित ‘मनमोहन ‘काडियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको स्वास्थ्य अहिलेको शल्यक्रिया गरिएको एपेन्डिसाइटिसको घाउ निको हुने क्रम रहेको छ। “ उनले भने।

“मृगौलाको आवश्यकता अनुसार डाइलोसिसको प्रक्रिया पनि जारी रहेको छ। यसपछि के गर्ने भन्ने कुरा उपचारको प्रक्रियाबाट पूरै निस्केपछि चिकित्सकको परामर्शमा निर्णय लिइने छ।” प्रवक्ता श्रेष्ठले भने।

सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ। स्वास्थ्यमा समस्या आएपश्चात् प्रधानमन्त्री ओलीको यही मङ्सिर १० गते सोही केन्द्रमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो।

फाइल तस्बिर

 

प्रतिक्रिया दिनुहोस्