‘ब्रेन एन्युरिजम’को उपचार नेपालमा नयाँ पद्धतिबाट



१८ मंसिर २०७६, काठमाडौं

न्युरो इन्टरभेन्सन (शल्यक्रिया नगरी गरिने उपचार) पद्धतिबाट ब्रेन एन्युरिजमको नेपालमा सफल उपचार भएको छ। राजधानीको ह्याम्स अस्पतालले न्युरो इन्टरभेन्सन पद्धतिबाट २० वर्षीया एक महिलाको सफल उपचार गरेको हो। यसअघि शल्यक्रियामार्फत ब्रेन एन्युरिजमको उपचार हुँदै आइरहेको थियो।

ह्याम्स अस्पतालले वरिष्ठ न्युरो सर्जन तथा न्युरोइन्टरभेन्सनल सर्जन डा. मनोज बोहराको टिमले नयाँ प्रविधिबाट एन्जुरिजमको उपचार गरिएको जनाएको छ। एन्जुरिजम मस्तिष्कको रगतको नली फुलिएर बेलुन जस्तो हुने रोग हो। जुन फुटेमा ब्रेन ह्यामरेज (मस्तिष्क घात) भएर बिरामी अशक्त हुने तथा ज्यानै जानसक्ने खतरा हुन्छ।

डा.बोहराको भनाइअनुसार नेपालमा अत्यन्तै नौलो उपचार पद्धतीका रुपमा शुरु भएको न्यूरो इन्टरभेन्सनबाट मस्तिष्कमा एन्युरिजमको अतिरिक्त स्ट्रोक (पक्षघात) को पनि उपचार गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्