नेपाल नर्सिङ संघको निर्वाचनः मतदाता पुग्यो झण्डै दोब्बर



१८ मंसिर २०७६, काठमाडौं

नेपाल नर्सिङ संघमा अघिल्लो निर्वाचनका बेला भन्दा यसपटक मतदाताको संख्या झण्डै दोब्बरले बढेको छ। नयाँ नेतृत्वको लागि आगामी ९ पुसमा हुन लागेको संघको निर्वाचनका लागि १५ हजार १५९ जना मतदाता रहेको हो।

अघिल्लो पटकको निर्वाचनमा भने यो संख्या ८ हजारको हाराहारीमा रहेको प्रमुख निर्वाचन अधिकृत लक्ष्मी राईले जानकारी दिइन्।

संघकी उपाध्यक्ष अप्सरा पाण्डे भन्छिन्, ‘हाम्रो कार्यकालमा निकै गतिविधि भए, त्यसले सदस्यता बन्नुपर्छ भन्ने भावनाको विकास भयो। र धेरै साथीहरु संघमा आवद्ध हुनुभयो।’

उनले यहि कार्याकालमा नर्सिङ आन्दोलन, पेशागत हकहीत, सुरक्षा, भोलेन्टियर हटाउने, स्वास्थ्यको नयाँ संरचनामा नर्सिङ समूहलाई उपेक्षित गरिएकोमा आन्दोलन गर्ने, चिकित्सा शिक्षा आयोगमा नर्सिङ प्रतिनिधि राख्नका लागि गरिएको अभियानका कारण संगठन विस्तार हुँदै गएको बताइन।

त्यसो त नेपाल नर्सिङ परिषदमा दर्ता हुनेको संख्या अनमी नर्स र विदेशी नर्स सहित गर्दा ९० हजार माथि छ। आगामी निर्वाचनका लागि मनकुमारी राई र मुना राना नेतृत्वको दुईवटा समूहको उम्मेद्धारी दर्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस्