यौन क्षमता कसरी बढाउने? यसो गर्नुहोस्….



१७ मंसिर २०७६, काठमाडौं

बुढेसकालमा यौन दुर्बलता हुनु स्वाभाविकै हो। बुढेसकालमा यौन चाहना हुने भए पनि यौन शक्ति कम हुँदै जान्छ। युवाअवस्थामै यौन दुर्बलता हुनु समस्या हो।

व्यक्तिको तल्लो थालामस, पिट्युटरी ग्रन्थी र लक्षित अंगमा असर गर्ने हर्मनको ठूलो भूमिका हुन्छ। साधारण अवस्थामा यसले यौन उत्कर्षमा पुग्नलाई सहयोगी भूमिका निर्वाह गर्छ। महिला र पुरुषको एन्ड्रोजिन हर्मनको निशेचनमा गडबढी भयो भने यौन शक्तिमा समस्या उत्पन्न हुन्छ। विभिन्न औषधि तथा दुव्र्यसनीका कारणले पनि यौन शक्तिमा कमी आउँछ।

दुर्बलताका कारण

दीर्घ रोगका कारणले त यौन क्षमतामा कमी आउने नै भयो। उच्च रक्तचाप, चिनिरोग, मुटुरोग, मानसिक रोग, मानसिक तथा सामाजिक समस्याका धारणाका कारणले पनि यौन क्षमतामा समस्या हुन्छ।

यौनाङ्गको सोथ (दुख्ने, पोल्ने, रातो हुने, तातो हुने, सुन्निने र अंगले काम नगर्ने) कारणले यौन दुर्बलता हुन्छ। यौनाङ्गको सोथ कुनै पनि यौनाङ्गको रोगका लक्षण तथा चिह्न हुन्।

पुरुषको यौनाङ्गको अण्डाशयः पानी र इङ्गुइनल हर्निया हुँदा यौनाङ्गले पूर्ण काम गर्छन् तर यस्ता समस्याले यौन र यौन क्रिडामा भने समस्या हुन्छ।

यौन सम्पर्क गर्न पुरुषको अण्डाशयः पानी र इङ्गुइनल हर्निया हुँदा प्रायः असम्भव नै हुन्छ। पुरुषमा इङ्गुइनल हर्निया अण्डाशयको आसपासमा हुन्छ। यस्तो किसिमको हर्निया महिलामा पनि हुन्छ।

विशेषगरी हृदयाघात र हृदयाघात उपचारपछिको समय धेरै संवेदनशील समय हो। यस समयमा यौन क्षमतामा समस्या हुनु स्वाभाविकै हो।

चिनिरोगमा धमनी र शिराको कोलेस्ट्रोल जम्मा भई शिरा र धमनी बाक्लो हुन्छ। यसको परिणामस्वरुप यौनाङ्गमा रक्त सञ्चारको कमी हुन्छ।

चिनीरोगको समस्या भएको अवस्थामा मानसिक रुपमा यौन चाहना अत्यधिक भए पनि शारीरिक रुपमा भने यौन शक्ति क्षीण हुँदै जान्छ।

यौन दुर्बलता महसुस भएको खण्डमा यौन सम्पर्कका लागि यौन शक्ति बढाउने उपाय अवलम्बन गर्न सकिन्छ। यौन शक्ति तथा क्षमता बढाउने केही उपाय छन्। आफूसँग सामान्य रुपमा भएको यौन क्षमता व्यायाम, मालिस र औषधिले वृद्धि गर्न सकिन्छ।

मांशपेशीको व्यायाम

मांशपेशीको व्यायामले यौन शक्ति बढाउन सकिन्छ। कमजोर भएको लिंग र योनिको मांशपेशीको शक्ति मांसपेशीको व्यायामले बढाउन मद्दत गर्छ।

यौन शक्ति बढाउनका लागि पेटको मांशपेशी, जाङको मांशपेशी, योनि र लिंगको मांशपेशीको व्यायाम गर्न सकिन्छ। मांशपेशीको व्यायाम विशेषगरी वयस्क र वृद्धावस्थामा अति उपयोगी हुन्छ। मांसपेशीको व्यायाम गर्दा पुरुष र महिलाले गुदद्वारको मांसपेशी खुम्च्याउने र फुलाउने गर्न सकिन्छ।

दैनिक ५/७ पटक र एक पटकमा ४०/५० पटक गुदद्वारको मांसपेशी खुम्च्याउने र फुलाउने गर्नाले यौन शक्ति बढ्छ। एक पटकमा लगातार दुई सयपटक यो व्यायाम गर्दा पनि कुनै किसिमको हानि हुँदैन। बरु अति फाइदा हुन्छ।

गुदद्वारको मांसपेशीको व्यायामले महिलामा यौन क्रिडा शक्ति र कामोत्तेजना बढाउँछ भने पुरुषमा शीघ्र स्खलनबाट छुट्कारा पाउने सम्भावना बढी हुन्छ। यस्तो व्यायामले लामो समयसम्म यौन क्रिडा गर्न मद्दत पुर्याउँछ। यौन शक्ति बढाउन यस्तो व्यायाम दैनिक गरिरहनु पर्छ।

मालिस

मालिस पुरानो र चलनचल्तीको यौन शक्ति बढाउने विधि हो। यौन शक्ति बढाउने मालिस विधि विकसित देशमा अत्यधिक चलनचल्ती र अभ्यासमा छ। यो विधि फलदायी पनि छ। यौन शक्ति बढाउने मालिसको ज्वलन्त उदाहरण अण्डाशयको मालिस हो।

तालिमप्राप्त व्यक्तिले मालिस गर्नु उपयोगी हुन्छ। थाइल्यान्ड, मलेसिया, सिंगापुर र विकसित देशमा यस्ता मालिस अत्यधिक प्रयोगमा छन्। हाम्रोजस्तो परम्परागत र संकुचित समाजमा लुकेर यौन शक्ति बढाउने मालिस गर्ने चलन भए पनि खुलारुपमा बाहिर भनिँदैन।

यौन शक्ति बढाउन पुरुषको लिंग र महिलाको योनिमा हातका औंला तथा हत्केलाको सहयोगले हल्का मध्यम किसिमले शक्ति लगाएर मालिस गरिन्छ। मसाजका प्रकारमध्ये यौनाङ्गको मालिस सबैभन्दा महँगो उपचार पद्धति हो।

सन्तुष्टि तथा आनन्दानुभूतिका लागि विपरीत लिंगीले मालिस गर्दा अति उत्तम हुन्छ । विपरीत लिंगीले मालिस गर्न सम्भव नभएमा समलिंगीसँग पनि गर्न सकिन्छ । विशेषज्ञको सल्लाहमा यौन जोडीसँग पनि यौनाङ्गको व्यायाम गर्न सकिन्छ । यो व्यायाम यति नै समय गर्नुपर्छ भन्ने छैन । तर यौन शक्ति बढाउन यस्तो व्यायाम गरिरहन सकिन्छ ।

यौन शक्तिबद्र्धक औषधि

बजारमा यौनबद्र्धक औषधि नपाइने हैनन्। तर ती औषधिको प्रयोग सम्बन्धित विषयको विशेषज्ञको सल्लाहविना गर्नु हुँदैन।

यौन शक्ति बढाउने विभिन्न भियग्रा पाइन्छन्। सिलाजित, यार्सागुम्बा, च्याबनप्रास चल्तीका यौन शक्तिबद्र्धक आयुर्वेदिक औषधि हुन्। सिलाजित, यार्सागुम्बा, च्याबनप्रासजस्ता यौनबद्र्धक औषधिको प्रयोग गर्दा आयुर्वेदिक चिकित्सकसँग सल्लाह गर्दा राम्रो हुन्छ।

सिटेड सिल्डेनाफिल पनि यौन शक्ति बढाउने औषधि हो। भियग्रा हो। तर यसको बेफाइदा पनि छ। सिल्डेनाफिल औषधिको प्रयोगले फोक्सोसम्बन्धी समस्या हुनुका साथै उच्च रक्तचाप र हृदयाघातको जोखिम हुन्छ। त्यसैले चिकित्सकको सल्लाहविना कुनै पनि किसिमका यौनबद्र्धक औषधिको प्रयोग गर्नु हुन्न।

प्रतिक्रिया दिनुहोस्