गायक जीवन लामाको नयाँ गीत ‘जानी नजानी’ सार्वजनिक



१७ मंसिर २०७६, काठमाडौं

गायक जीवन लामाकोे आवाजमा ‘जानी नजानी ’बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ  ।

प्रेमीप्रेमिका विचको त्रिकोणात्मक प्रेमका भाव समेटिएको गीतमा आशिष लामाको  शब्द रहेको छ भने संगीेत जीवन लामाले भरेका हुन् ।

निकै आकर्षक रुपमा निर्माण गरिएको भिडियोमा प्रकाश खड्काको छायाँकन, राजेश कुमारको सम्पादन तथा बविता श्रेष्ठको निर्देशन रहेको छ  ।

‘जानी नजानी ’ गीतको भिडियोमा आयुष्मा कार्की र निश्चल खड्काको अभिनय रहेको छ  ।

प्रतिक्रिया दिनुहोस्