
१६ मंसिर २०७६, काठमाडौं
महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको जनाएको छ।
सेन्टरका कार्यकारी निर्देशक प्राडा उत्तमकृष्ण श्रेष्ठले सोमबार विहान १० बजे जारी विज्ञप्तीमा स्वास्थ्यमा सुधार भएको जानकारी दिइएको हो।
विज्ञप्तीमा प्रधानमन्त्रीलाई गत १० मंसिरमा शल्यक्रिया पछि सघन उपचारको सम्पूर्ण व्यवस्था सहित निगरानीमा राखिएको र अहिले स्वास्थ्यमा उल्लेख्य सुधार भएको बताइएको छ ।
एपेन्डिसाईटिसको शल्यक्रिया गराएका प्रधानमन्त्री ओली मृगौलाका विरामी छन्। उनको अहिले सोही सेन्टरमा नियमित जसो हेमो डायालासिस समेत भइरहेको छ।






