पुरुष गर्भनिरोधक खोपको विकास



१३ मंसिर २०७६, काठमाडौं

भारतका वैज्ञानिकहरुले पुरुषका लागि गर्भनिरोधक खोपको विकास गरेको दावी गरेका छन्। उनीहरुको दावी अनुसार खोपमार्फत मेल कान्ट्रोसेप्टि गरिने यो विश्वमै पहिलो खोप हो।

यो खोप इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च अर्थात आइसिएमआरले विकास गरेको हो। आसिएमआरका वैज्ञानिक डा. आरए शर्माका अनुसार यो खोप एक पटक लगाएपछि १३ वर्षसम्म काम गर्छ। डा. शर्माका अनुसार खोप परीक्षण भारतको दिल्ली, हिमाचल प्रदेश, जम्मु, पञ्जाब र राजस्थानमा गरिएको थियो। परीक्षणमा सहभागी पुरुषहरु सबैको पहिला नै दुई बच्चा थिए।

डा. शर्माका अनुसार आइसिएमआरले खोपको विकास र अनुशन्धान सन् १९८४ देखि नै गरेको थियो। खोपमा प्रयोग हुने पोलिमरको विकास प्राध्यापक एसके गुहाले विकास गरेका हुन्। गुहाका अनुसार अब यो औषधि स्विकृतिको लागि ड्रग कन्ट्रोल जनरल अफ इन्डिया (डिजिसिआइ) मा गएको छ।

प्रतिक्रिया दिनुहोस्