यी हुन् स्याउ खानुका फाइदा, जान्नुस्…



१३ मंसिर २०७६, काठमाडौं

नेपाल मात्रै नभएर संसारभर सबैभन्दा बढी खरिद बिक्री हुने फलफूल मध्ये ‘स्याउ’ पनि एक हो। केरापश्चात् यसको किनबेच अधिक हुने गरेको अनुमान रहेको छ।

नेपालमा पनि केरापश्चात् स्याउको खरिद बिक्री हुने गरेको विभिन्न अध्ययनमा देखिएको छ। नेपालका हिमाली र उच्च पहाडी क्षेत्रमा स्याउ उत्पादन हुँदै आएको छ।

नेपालमा आन्तरिक उत्पादनले सिजनको समयमा बजार नपाउँदा विभिन्न देशबाट आयात गरिएको स्याउ भने महँगोमा किनेर खानुपर्ने बाध्यता रहेको छ। स्याउ जुनसुकै समयमा खान मिल्ने एक स्वादिष्ट फल हो।

व्यवसायीकाअनुसार नेपालमा चीन, भारत, अमेरिका, युरोपका विभिन्न देशबाट स्याउ भित्रिन्छन्।

त्यसैले स्याउको फाईदाको बारेमा पनि जान्नुहोस्ः

जुनसुकै रोगका बिरामीले खान मिल्ने

पोषक तत्वका कारण स्याउले हाम्रो शरिरलाई चाहिने तत्वहरु प्रदान गर्दछ। यसमा भिटामिन र खनिज पनि पाइन्छ।

स्याउ बिरामी हुँदा खानका लागि उपयोगी फल हो। यो जुनसुकै प्रकारका बिरामीले खान मिल्ने विभिन्न अध्ययनले खुलाएको छ।

मुटु रोगीका लागि फाइदा

मुटु रोगीका लागि स्याउ खानु निकै लाभदायिक मानिन्छ। स्याउमा फाइबर पाईने भएकाले कोलेस्ट्रोलको लेबललाई कन्ट्रोल गर्दछ। रगतमा चिनीको मात्रा पनि कन्ट्रोल राख्दछ ।

स्याउ सेवनले मुटुको रक्तनलीको समस्या, मांसपेशीमा हुने समस्या जस्ता घातक समस्यालाई कम गर्दछ।

एनिमियाको उपचार

स्याउ खाँदा एनिमियाबाट मुक्त हुन मदत गर्दछ। एनिमियाले मानिसको शरिरमा हेमोग्लोबिन कम हुँदै जान्छ।

स्याउमा आइरन प्रशस्ता मात्रामा पाईन्छ। त्यसैले नियमित स्याउ खाँदा शरिरमा हेमोग्लोबिनको मात्रा बढ्दै जान्छ।

अनुहारमा चमक

स्याउमा एन्टिअक्सिडेन्ट पाईने भएकाले अनुहारमा रहेको समस्यालाई समाधान गर्न ठूलो मद्दत गर्दछ।

अनुहारमा दाग, धब्बा हुने मान्छेले हरेक दिन एउटा स्याउ खाने गर्नाले अनुहारको छालामा पनि चमक आउँछ।

कम तौल

तौल कम गर्नाका लागि डाइटमा नियमित २ वटा स्याउको समावेश गर्न चिकित्सकहरुको सुझाव रहेको छ।

स्याउमा पाइने पोषक तत्वले हाम्रो शरिरलाई बनाउनका साथै भोक कम लाग्ने र तौल सन्तुलनमा जाने चिकित्सकहरु बताउँछन्।

स्मरण शक्ति बढ्छ

स्याउमा भिटामिन ए, बि, सि, क्याल्सियम, पोटासियम तथा एन्टिअसिडेन्ट भरपुर मात्रामा पाइन्छ। यसले मस्तिष्कमा रक्तसञ्चारका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ।

स्याउ सेवनले मस्तिष्कमा रहेको तनाव कम गर्नका साथै स्मरण शक्ति बढाउन सहयोग गर्दछ। दैनिक स्याउ सेवनले अल्जाइमरको खतराबाट मुक्त दिलाउँछ।

फोक्सोको सफाइ

स्याउको नियमित सेवनले फोक्सोको सफाइमा विशेष भूमिका खेल्छ। पाचन प्रणाली स्वस्थ राख्न यसले मद्दत गर्दछ।

पेटमा भएका विभिन्न स्वास्थ्य समस्या समाधानमा पनि स्याउले सहयोगी भूमिका निर्वाह गर्दछ।

मृगौलामा पत्थरी काम गर्न

स्याउको नियमित सेवनले मृगौलाको पत्थरी भएका व्यक्तिलाई सहयोग गर्दछ। यसले पत्थरी रोक्ने र स–साना पत्थरीलाई पिसाबको माध्यमबाट बगाउन मद्दत गर्दछ।

निमोनियाको जोखिम कम

स्याउमा पाइने विभिन्न तत्वले एन्टिब्याटेरियल इम्युन क्षमता बढाएर निमोनियाजस्ता रोगको जोखिम कम गर्दछ।

यसमा पाइने धेरै प्रकारका खनिज तथा भिटामिनले हाम्रो रोग प्रतिरोधात्मक क्षमतालाई बढवा दिन्छ।

आँखाको दृष्टि राम्रो

स्याउमा भिटामिन ए पाईने भएकाले आँखाको दृष्टि बढाउन मद्दत गर्दछ।

दैनिक रुपमा स्याउ खाँदा आँखाको दृष्टि बढ्ने मात्र नभई आँखामा हुने अन्य प्रकारका रोग लाग्ने सम्भावना कम हुन्छ।

प्रतिक्रिया दिनुहोस्