यौन दुव्र्यवहारको आरोपमा पक्राउ डा. झाको विषयमा चिकित्सक संघको ध्यानाकर्षण



१३ मंसिर २०७६, काठमाडौं

यौन दुव्र्यवहारको आरोपमा प्रहरी हिरासतमा रहेका डा. रोहित कुमार झाको विषयमा नेपाल चिकित्सक संघले गम्भिर ध्यानाकर्षण गरेको छ।

मुलुकी अपराध संहिता ऐन र मुलुकी फौजदारी कार्यविधि अनुसार, अनुसन्धान नगरी सोझै डाक्टर पक्राउ गरेकोमा संघले विरोध जनाएको हो। संघले मुलुकी संहितामा भएको व्यवस्था अनुसार अनुसन्धान अगाडि बढाउन बिज्ञप्ति मार्फत माग राखेको छ।

संघका अनुसार डाक्टरमाथि लागेको आरोपका विषयमा ऐन अनुसार अनुसन्धानका लागि नेपाल मेडिकल काउन्सिलले तोकेको सम्बन्धित विज्ञ चिकित्सकको संयोजकत्वमा ५ सदस्य अनुसन्धान समिति गठन गर्ने व्यवस्था रहेकोमा सरकारलाई ध्यानाकर्षण गर्न आग्रह गरेको छ।

संघले अनुसन्धान समितिले दोषी प्रमाण गरेको खण्डमा मात्र मुद्दा चलाउनु पर्नेमा जोड दिएको छ।

प्रतिक्रिया दिनुहोस्