
१२ मंसिर २०७६, काठमाडौं
संसारभरका ८० प्रतिशत ११ देखि १७ वर्षका बालबालिका र युवाहरूले आवश्यक शरीरिक गतिविधि नगर्ने गरेको एउटा अध्ययनले खुलाएको छ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले यसका कारण बालबालिका र युवाको स्वास्थ्य खराब हुनुका साथै मस्तिष्क विकास र सामाजिक सीपमा समेत असर गरिरहेको बताएको छ।
अध्ययनले धनी र गरीब सबैखाले देशमा बालबालिका र युवाहरूले प्रतिदिन एक घण्टा पनि शारीरिक व्यायाम नगर्ने गरेको बताएको छ।
अध्ययन गरिएका १४६ देशहरूमध्ये चारबाहेक अन्य देशमा बालकहरूभन्दा बालिकाहरू शारीरिक रूपमा कम सक्रिय रहेको पाइएको छ।
कुन गतिविधि व्यायाम:

मुटुको धड्कन बढ्ने र फोक्सोले तेज स्वास फेर्ने सबै गतिविधि व्यायाममा गनिन्छ।
व्यायाम हुनसक्ने केही गतिविधिहरू:
दौड्नु
साइकल चलाउनु
पौडी खेल्नु
फुटबल खेल्नु
उफ्रिनु
डोरी खेल्नु
जिम्न्यास्टिक
बालबालिका र युवाहरूको लागि लक्ष्य कम्तिमा दैनिक एक घण्टा व्यायाम हो।
व्यायाम सामान्यदेखि गार्हो तहसम्म गर्नुपर्दछ। गार्हो व्यायाम भन्नाले गरिसकेपछि केही क्षण कुराकानी गर्न नसक्ने गरी श्वास फेर्नुपर्ने अवस्थामा पुग्नु हो।
किन महत्वपूर्ण व्यायाम?
व्यायाम महत्वपूर्ण हुनुको खास कारण तत्काल र भविष्यको स्वास्थ्यका कारणले हो।

अल्पकालीनरूपमा सक्रिय हुनुको अर्थः
स्वस्थ मुटु र फोक्सो हुनु हो।
बलियो हड्डी र मांशपेशी हुनु हो।
राम्रो मानसिक स्वास्थ्य हुनु हो।
र कम तौल हुनु हो।
‘सक्रिय बालबालिका र युवाहरू पछि गएर सक्रिय रहन्छन्,’ डब्ल्यूएचओका डा. रेजिना गुट्होल्ड भन्छन्।
जीवनभर सक्रिय हुनेहरूमा धेरै रोगको खतरा कम हुन्छ।
तर अध्ययनकर्ताहरूले सक्रिय हुँदा मस्तिष्कको विकास हुने तथ्यहरू सङ्कलन गर्न थालेका छन्।
के बालबालिका अल्छी भएका हुन् ?
के यो अध्ययनले मौका पाउने बित्तिकै सोफामा ढल्कने हामी सबैको बानी प्रतिबिम्बित गर्छ? ‘बालबालिकाहरू अल्छी हुँदैनन्,’ डा. बुल भन्छिन्।
किन बालबालिका र युवाहरू व्यायाम गर्दैनन् भन्ने प्रश्नको एउटा उत्तर छैन। तर केही सम्भावनाहरू छन्।
तीमध्ये एउटा शारीरिक स्वास्थ्यभन्दा शिक्षामा दिइएको प्राथमिकता हो।
‘यो उमेर समूहका मानिसहरूलाई परीक्षामा राम्रो गर्न मेहनत गर्न प्रोत्साहन गरिन्छ,’ एक अध्ययककर्ता लिन रिले भन्छन्।
‘उनीहरू लामो समय विद्यालयमा बिताउँछन् र घरमा पनि गृहकार्यमा समय दिन्छन् त्यसैले सक्रिय हुने मौका पाउँदैनन्।’
अध्ययनकर्ताहरूले सुरक्षित, सहज र सस्तो खेलकुद वा व्यायामका सुविधाहरू उपलब्ध नहुनुलाई पनि यसको कारक देखाएका छन्।
असुरक्षित सडक भएका कारण साइकल चलाउने वा विद्यालय जाँदा हिँडेर जाने अवस्था छैन।’





