गर्भावस्थामा चिसोबाट कसरी बच्ने?



११ मंसिर २०७६, काठमाडौं

जाडोयामको सुरुवातसँगै यो समयमा गर्भवती महिलाले आफ्नो स्वास्थ्यप्रति उत्तिकै ध्यान दिन जरुरत पनि हुन्छ। गर्भावस्था आफैँमा पनि एउटा जोखिमपूर्ण अवस्था हो।

चिकित्सकहरुका अनुसार, जबसम्म बच्चा जन्मिदैन, तबसम्म गर्भवती महिला आफ्नो स्वास्थ्यप्रति उत्तिकै सचेत रहनका साथै तनाव भने कहिल्यै लिनुहुँदैन। जसले गर्दा गर्भमा भएको बच्चालाई पनि असर गर्दछ।

आज हामी तपाईँहरुलाई जाडोयाममा गर्भवती महिलाले आफ्नो स्वास्थ्यको ख्याल कसरी राख्ने?

जुन  बिषयलाई लिएर केही जानकारी दिदैछौंः

–गर्भवस्थामा रोगप्रतिरोधात्मक क्षमता कम हुने भएकाले चिसोले छिटो समात्ने गर्छ र रुघाखोकी चाँडै लाग्छ। यसबाट बच्न न्यानो लुगा लगाउने र तातो खानेकुरा खाने गर्नुपर्छ।

–बढी चिसो भयो भन्दैमा चिया–कफी धेरै खानु कहिल्यै नखानुहोस्। यसको सट्टामा बरु अन्डा, मासु, झोल पदार्थ इत्यािद प्रोटिनयुक्त खानेकुरा खाने गर्नुहोस्।

–शरिरमा पानीको अभाव हुँदा पिसाबमा संक्रमण हुने र बच्चा छिटो जन्मिने भएकाले प्रशस्त पानी पिउनुपर्छ। बढी भिडभाडमा नजानुहोस्।

–प्रशस्ता मात्रामा झोलिलो खानेकुरा खानुहोस्।

–आवश्यक मात्रामा आराम गर्नुहोस्।

–छातीमा संक्रमण तथा खोकी छ भने तातो नुनपानीले घाँटी कुल्ला गर्नुहोस्।

– यदि लक्षणहरू झन्–झन् कडा हुँदै गए भने नाकलाई सहज बनाउनका लागि नोजलड्रप अर्थात् स्प्रे गर्नुहोस्।

– तातोपानी अथवा तातो हावाको बाफ लिनुहोस्।

– तातोपानीले सावर लिनुहोस्।

–भेजिटेरियन हुनुहुन्छ भने च्याउको सुप लिन सक्नुहुन्छ।

– चिकेन सुप लिनुहोस्, जसले नाक टिसुलाई सुन्निनबाट बचाउँछ।

– क्याफिनयुक्त चियामा कागती र मह मिलाएर पिउनुहोस् ।

प्रतिक्रिया दिनुहोस्