बलात्कार आरोपमा पक्राउ परेका डा. रोहित झालाई अदालत लगिँदै



१० मंसिर २०७६, काठमाडौं

बलात्कार आरोपमा पक्राउ परेका डा. रोहित झालाई आज मगलबार अदालतमा पेश गरिँदैछ।

सोमबार नेपाल मेडिसिटी अस्पतालबाटै पक्राउ परेका डा.झालाई ललितपुर प्रहरीले आज म्याद लिएर अनुसन्धान सुरु गर्ने भएको छ।

ललितपुर प्रहरी प्रमुख टेकप्रसाद राईका अनुसार सोमबार पक्राउ गर्दा कार्यालय समय सकिएकाले उनीमाथि अनुसन्धानका लागि म्याद थप हुन पाएन। आज अदालतमा उपस्थित गराएर म्याद लिएर थप अनुसन्धान गर्ने तयारी छ ।

आइतबार चेकजाँच गर्न आएकी एक बिरामीलाई बलात्कार प्रयास गरेको आरोपमा डा.झाले जवरजस्ती करणी गर्न खोजेको आरोप लगाइएको छ। डाक्टर झाले स्थेस्कोप लगाउनुको साटो छातीमा हात पुर्याएर संवेदनशील अंगमा समेत हात पुर्याएको पीडितले जाहेरीमा बताएकी छन्।

डा.झाविरुद्ध दुई मुद्दा लाग्न सक्ने प्रहरीले जनाएको छ। मुलुकी अपराधसंहिताको दफा २१९ को उपदफा ३ को (ङ) बमोजिम जबरजस्तीकरणी उद्योग र दफा २२३ को कार्यालय वा पेशागत सेवा प्राप्त गर्ने व्यक्तिसँग करणी गर्न नहुने कसूरमा मुद्दा चल्न सक्छ।

प्रतिक्रिया दिनुहोस्