प्रधानमन्त्री ओलीलाई एपेन्डीसाइटिस भएपछि शल्यक्रिया गर्ने तयारी



१० मंसिर २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डीसाइटिस भएको छ। उनलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा लगिएको छ।

त्यहाँ उनको एपेन्डीसाइटिसको शल्यक्रिया गर्ने तयारी भएको स्वास्थ्य सल्लाहकार प्राडा अरुण सायमीले बताए।

‘अहिले हामीले उहाँलाई भर्ना गरेका छौँ र शल्यक्रिया गर्ने तयारी गरेका छौँ,’ प्राडा सायमीले भने।

विहान एक्कासी पेट दुख्न थालेपछि निजी चिकित्सकहरुको टोलीले साढे ९ बजे तिर मनमोहन सेन्टरमा पुर्याएका थिए। त्यहाँ परीक्षण हुँदा उनको एपेन्डिसाइटीस भएको देखिएको थियो।

प्रधानमन्त्री ओलीमा पछिल्लो समय मिर्गौलामा समस्या देखा परेको छ। एक महिना यता उनको ४ पटक हेमो डायलासिस भईसकेको छ। पछिल्लो पटक गत आइतबार मात्रै उनले ग्राण्डी अस्पतालमा पुगी हेमोडायालासिस गराएका थिए।

फाईल तस्विर

 

प्रतिक्रिया दिनुहोस्