रक्तदाता समाजको बैठक सम्पन्न



०९ मंसिर २०७६, काठमाडौं

नेपाल स्वयंसेवी रक्तदाता समाजको कन्द्रिय बैठक सोमबार सम्पन्न भएको छ। कैलाली जिल्ला शाखाको आतिथ्यमा समाजको बैठक कैलालीको टिकापुरमा भएको हो।

बैठकले रगको व्यवस्थापनमा देखिएका कमि–कमजोरी र अगामी दिनमा गर्नुपर्ने सुधारका विषयमा प्रधानमन्त्रीलाई १८ बुँदे ज्ञापन पत्र बुझाउने निर्णय समाजका केन्द्रिय अध्यक्ष प्रेमसागर कर्माचार्यले बताए।

सो अवसरमा टिकापुर नगरपालिकाले नगरबासीका लागि आवश्यक पर्ने रगत र रक्ततत्व निशुल्क उपलब्ध गराउने निर्णय समेत गरेको छ। उक्त निर्णय गरेको भन्दै समाजका अध्यक्ष कर्मचार्यले टिकापुरका मेयरलाई तपेन्द्रबहादुर रावललाई सम्मान गरेका छन्।

यसैगरी, देवदह नगरपालिकाले पन नगरबासीका लागि आवश्यक पर्ने रगत र रक्ततत्व निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ।

प्रतिक्रिया दिनुहोस्