टीकापुर नगरपालिकाद्धारा नगरबासीलाई रगत निःशुल्क



०९ मंसिर २०७६, काठमाडौं

टिकापुर नगरपालिकाले आफ्ना नगरबासीलाई रगत तथा रगततत्व निशुल्क उपलव्ध गराउने निर्णय गरेको छ। अन्यत्र भने स्वयंसेवी रक्तदाताबाट निशुल्क रुपमा लिइने रगत बिरामीलाई दिँदा विभिन्न परीक्षणका नाममा शुल्क लिइने गरिएको छ। टिकापुर नगरपालिकाले त्यसरी लाग्ने शुल्क आफूले व्यहोर्ने बताएको हो।

यस्तै देवदह नगरपालिकाले पनि आफ्ना नगरबासीका लागि रगत र रगततत्व निशुल्क गर्ने घोषणा गरेको छ। कैलालीको टिकापुरमा भएको नेपाल स्वयंसेवी रक्तदाता समाजको केन्द्रीय बैठकमा नगरप्रमुख हिराबहादुर खत्रीले सो घोषणा गरेका हुन्।

नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखा कैलालीको आयोजनामा भएको उक्त बैठकले रगत र रगत तत्व उपलव्धता सम्वन्धी विभिन्न १८ बुँदे ज्ञापनपत्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने समेत निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्