
०८ मंसिर २०७६, काठमाडौं
आख्यानकार प्रयास दुमी राईको ‘नक्कली ओइ नक्कली’ सार्वजनिक भएको छ।
चर्चित गायिका मेलिना राई र निशान राईको स्वरमा स्वरवद्ध भएको गीतको म्युजिक भिडियोलाई कृष्टि राई (लिसरा)ले निर्देशन गरेका छन्।
डक्टर किरातको संगीत तथा बुद्ध स्याङद्वारा संगीत संयोजन बनेको गीतमा सीता राई, सन्तोष राई र हितशंकर कुलुङलाई देख्न सकिन्छ।
म्युजिक भिडियोमा स्मृति दाहालको श्रृङ्गार, विशाल श्रेष्ठको कोरियोग्राफी, दिनेश पराजुलीको छायांकन र उत्तर राना मगरको सम्पादन रहेको छ।
गीत/भिडियो एस के आर पिक्चर्स च्यानलबाट सार्वजनिक भएको छ।





