स्वास्थ्य मन्त्री ढकालद्वारा पदभार ग्रहण



०५ मंसिर २०७६, काठमाडौं

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले पदभार ग्रहण गरेका छन्। उनले बिहिबार मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन्।

बुधबार मन्त्रीमन्त्रीमण्डल पुर्नगठितपश्चात उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मा पाएका हुन्। यसअघि कानुन मन्त्री रहेका थिए।

त्यस्तै, स्वास्थ्य मन्त्रालय समालिरहेका उपेन्द्र यादव भने कानुन मन्त्रालय पुगेका छन्। त्यस्तै गरी स्वास्थ्य राज्यमन्त्री नवराज रावतले पनि पदभार ग्रहण गरेका छन्।

प्रतिक्रिया दिनुहोस्