सेनाको मेडिकल कलेजसहित ४ विरुद्ध सर्वोच्चमा मुद्दा



०३ मंसिर २०७६, काठमाडौं

सरकारले व्यवस्था गरेको ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्था कार्यन्वयन नभएपश्चात एकजना विद्यार्थीले मेडिकल कलेज विरुद्ध सर्वोच्चमा आज (मगलबार) मुद्धा दर्ता गरेका छन्।

एमबीबीएस अध्यययनका लागि इन्ट्रान्स पास भएका विद्यार्थी मोहम्मद नसिरले सर्वोच्च अदालतमा मेडिकल कलेज विरुद्ध मुद्धा दर्ता गराएका हुन् ।

चिकित्सा शिक्षा ऐनमा सार्वजनिक र सरकारी शिक्षण संस्थामा ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्थापन गर्नुपर्ने भनिए पनि उक्त नियम सबै मेडिकल कलेजहरुले कार्यन्वयन नगरेको भन्दै कलेज विरुद्ध मुद्धा दर्ता गरेको नसिरले बताए।

चिकित्सा शिक्षा ऐन अनुसार सरकारी अनुदान तथा सरकारी लगानीमा संचालित मेडिकल कलेजमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, काठमाडौं विश्व विद्यालय, चिकित्सा शास्त्र आध्ययन संस्थान (आईओएम) र काठमाडौं विश्व विद्यालयबाट सम्बन्धन लिएका देवदह मेढिकल कलेज र बिराट मेडिकल कलेजमा समेत ७५ प्रतिशत छात्रवृत्तिको कार्यक्रम यसै वर्षदेखि लागु हुनुपर्छ।

तर, चिकित्सा शिक्षा आयोगले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र आईओएममा मात्र ७५ प्रतिशत छात्रवृत्तिको नियम कार्यन्वयन गर्न निर्देशन दिएको उनको भनाइ रहेको छ।

आयोगले नै ऐनअनुसार सबै मेडिकल कलेजलाई ७५ प्रतिशत छात्रवृत्तिको नियम कार्यन्वयन गर्न तदारुकता नदेखाएपछि आफूले न्यायलय धाएको नसिरको भनाइ छ।‘ हामीले ऐन बनिसकेको अवस्थामा त्यो ऐन सबै मेडिकल कलेजमा कार्यन्वयन हुनुपर्छ भनेर पटक–पटक माग राखेका थियौं, मौखिक रुपमा भनेका पनि थियौं,’ नसिरले भने, ‘तर हाम्रो कुरा उनीहरुले नसुनेपछि हामीले सर्वोच्चमा मुद्धा हाल्यौं।’

प्रतिक्रिया दिनुहोस्