दोहोरो नागरिकता लिने डाक्टर पक्राउ



०३ मंसिर २०७६, काठमाडौं

बाराको महागढीमाई नगरपालिका वडा नं. ३ का डाक्टर वीरेन्द्रप्रसाद कलवार भारत र नेपालको दोहोरो नागरिकता भएको अभियोगमा पक्राउ परेका छन्। सोही ठाउँका मोहनप्रसाद जैसवालले दिएको उजुरीको आधारमा डाक्टर कलवारलाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ।

डाक्टर कलवार भारतीय नागरिक रहेको र गलत तरीकाले झुटा कागजात पेश गरी नेपाली नागरिकता लिएको खुलेको छ। उनले गंजभवानीपुरमा करीब डेढ दशकदेखि औषधि व्यवसाय पनि संचालन गर्दै आएका छन्।

पक्राउ परेका कलवारलाई आज बारा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यलय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक रंजित सिंह राठौरले जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्