सार्वजनिक स्थलका शौचालय दुर्गन्धित



०३ मंसिर २०७६, काठमाडौं

हरेक मानिसलाई दैनिक शौचालय (ट्वाइलेट) को आवश्यक पर्दछ। तर आवश्यक परेको स्थानमा अझै पनि शौचालयको अभाव नै देखिन्छ।

देशलाई खुला दिसामुक्त क्षेत्र घोषणा गरेपनि काठमाडौंको कतिपय स्थानमा सार्वजानिक शौचालय छैन। शौचालय भएको स्थानमा एकदमै दुर्गन्धित छन्। शौचालय प्रयोग गर्नेहरुले सरसफाईमा खासै चासो दिने गरेको पाइदैन्।

अझैपनि शौचालय प्रयोग गरिसकेपछी पानी हाल्नुहोला, सफा गर्नुहोला भन्ने सन्देश सार्वजनिक शौचालयहरुमा टाँसिएको पाइन्छ। तर पनि अस्पताल, सिनेमाघर लगायत सार्वजानिक स्थानका अत्याधिक शौचलयहरु दुर्गन्धित नै छन्।

शौचालय निमार्ण भएपनि प्रयोगमा एकदम लापारवाही गरेको पाइन्छ। शौचलय प्रयोग पनि एउटा सभ्यता हो। जुन नेपालमा अवलम्बन हुन सकेको छैन।

हरेक बर्ष नोभेम्बर १९ तारिखमा शौचालयको उचित प्रयोग कसरी गर्ने जस्ता बिषयमा सचेतनामुलक कार्यक्रम गरी विश्व शौचालय दिवस मनाउने गरिन्छ।

दक्षिण एसियामा खुल्ला दिसामुक्त राष्ट्र घोषणा गर्ने पहिलो मुलुक नेपाल भएपनि शौचालय सरसफाइमा पैरवी र जनचेतनाको अभावका कारण शैचालय दुर्गन्धित छन्। यस्ता शौचालयमा शौच गर्दा विभिन्न संक्रमणम जोखिम उत्तिकै हुने चिकित्सकहरु बताउछँन।

प्रतिक्रिया दिनुहोस्