स्वास्थ्य मन्त्री यादब आज भारत प्रस्थान



०३ मंसिर २०७६, काठमाडौं

उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले विश्व औषधि उत्पादनसम्बन्धी सम्मेलनमा सहभागी हुन मगलबार भारततर्फ प्रस्थान गरेका छन्।

औषधि उत्पादनसम्बन्धी कार्यक्रममा सहभागी हुन उपप्रधानमन्त्री यादव आज (मगलबार) भारतको नयाँ दिल्ली पुगेको हो।

दक्षिण एशियाका स्वास्थ्यमन्त्रीहरुको सहभागिता रहने उक्त सम्मेलनले विश्व औषधि उत्पादनको पछिल्लो अवस्था र सन् २०३० सम्म औषधि उत्पादनलाई गुणस्तरीय र प्रभावकारी बनाउन अवलम्बन गरिने आगामी रणनीति तय गर्ने बताइएको छ।

समाजवादी पार्टी नेपालका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री यादव तीन दिनसम्म भारतमा रहने छन्। उनी आगामी मंसिर ६ गते स्वदेश फर्कने कार्यक्रम छ।

फाइल तस्बिर

प्रतिक्रिया दिनुहोस्