ट्याक्टरको ठक्करबाट बालकको मृत्यु



०२ मंसिर २०७६, काठमाडौं

कास्कीमा ट्याक्टरको ठक्करबाट सोमबार विहान एक बालकको मृत्यु भएको छ।

पोखरा महानगरपालिका–३१ गढीघाटस्थित सडकमा ग१त २८२८ नम्बरको ट्याक्टरले किच्दा वडानम्बर ३३ छपल्याङ्गट का ५ वर्षीय आकाश नेपालीको मृत्यु भएको हो।

ठक्कर दिने ट्याक्टर चालक फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्