
२८ कार्तिक २०७६, काठमाडौं
ट्याक्टरले ठक्कर दिदा बारामा मोटरसाइकल चालकको मृत्यु भएको छ। दुर्घटनमा कलैया उपमहानगरपालिका–३ भवानिपुरका विनोद शाहको मृत्यु भएको हो।
वीरगञ्जबाट कलैयातर्फ जाँदै गरेको ना७त २६६ नम्बरको ट्याक्टरले मोतिसर कोइरियाटोला चोकमा साह चढेको ना३प ५१३६ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो।
ट्याक्टरको ठक्करबाट साहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
ट्याक्टर चालक फरार छन्। उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता रञ्जितसिंह राठौरले जानकारी दिए।





