कोल्डचेन उपकरणको जडान कार्य शुरु



२८ कार्तिक २०७६, काठमाडौं

बाराको महागढिमाई नगरपालिका स्थित बरियापुर स्वास्थ्य केन्द्रबाट कोल्डचेन उपकरणको जडान कार्य थालनी गरिएको छ। उक्त नगरपालिकाका मेयर उपेन्द्र यादवको प्रमुख आथित्यतामा उपकरणको औपचारिक संचालनसंगै कार्यक्रमको शुभारम्भ गरिएको हो।

उद्घाटन कार्यक्रममा मेयर यादवले बालबालिकाको स्वास्थ्यको लागि यस उपकरणले महत्वपूर्ण भूमिका खेल्नुका साथै स्वास्थ्यकर्मीलाई पनि सेवा प्रवाह गर्न सहज हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा नेपाल एशोसियसन फर मेडिकल साइन्सका अध्यक्ष नवराज बस्नेतले देशका विभिन्न २ सय ९० ठाउँमा जडान गरिन लागेको बताउँदै यसले देशको स्वास्थ्य क्षेत्रमा गुणस्तरीयताको सवालमा इँटा थप्ने विश्वास गरे। त्यस्तै उपकरण संचालन तथा व्यवस्थापनबारे बायोमेड दिपक महतले प्रकाश पारेका थिए।

ग्लोबल अलाइन्स फर भ्याक्सिनेसन एण्ड इम्युनाइजेशन (गाभी) र युनिसेफले नेपाल सरकारलाई उक्त उपकरणहरु हस्तान्तरण गरेका थिए।

नेपाल सरकारले यस आर्थिक वर्षमा देशका विभिन्न स्वास्थ्य संस्थामा उपकरण पुर्याउने लक्ष्य अनुरुप मंसिर मसान्त सम्ममा निर्धारित सबै केन्द्रमा उपकरण जडान सम्पन्न गरिने उपकरण जडानको जिम्मा लिने कम्पनीका इन्जिनियर जिवेजंग कोइरालाले बताए।

प्रतिक्रिया दिनुहोस्