निदान अस्पतालका सिइओ र चिकित्सक सहित ५ जनालाई जेल चलान



२७ कार्तिक २०७६, काठमाडौं

मृगौला तस्करी आरोपमा पक्राउ परेका निदान अस्पतालका सिइओ र चिकित्सक सहित ५ जनालाई जेल चलान गरिएको छ।

नक्कली व्यक्तिलाई बिरामीको भान्जा बनाएर मृगौला प्रत्यारोपण गरेको आरोप लागेका उनीहरुलाई मंगलबार ललितपुर जिल्ला अदालतले पुर्पक्षको लागि जेल चलान गरेको हो।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत विपेन्द्र प्रधान, चिकित्सक राजेश पन्त, कानुनी सल्लाहकार कुमुद भट्टराई, ललितपुर जिल्ला प्रशासन कार्यालयका तत्कालीन अधिकृत रामचन्द्र आले र मृगौला लिने शंकरलाल लामालाई जेल चलान गर्ने आदेश दिएको हो।

बिरामीको भान्जा भनेर नातानै नपर्ने व्यक्तिको मृगौला खरिद–बिक्र्रीे गरेको भन्दै नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले ५ जनालाइ पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्