डा. केसी काठमाडौं आउन नमानेपछि रित्तै फर्कियोे सेनाको हेलिकोप्टर



२५ कार्तिक २०७६, काठमाडौं

चिकित्सा शिक्षा सुधारका लागि ७ बुँदे मागसहित डडेल्धुरामा १७औं अनसन थालेका डा. गोविन्द केसीलाई लिन गएको हेलिकोप्टर रित्तै फर्किएको छ।

८ दिनदेखि अनसनरत डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौं ल्याउने गरी सेनाको हेलिकोप्टर डडेल्धुरा गएको थियो।

तर डा. केसीले काठमाडौं आउन नमानेपछि हेलिकोप्टर रित्तै फर्किएको हो। उनको स्वास्थ्य अवस्था नाजुक बनेको चिकित्सकहरुले बताइरहेका छन्। डडेल्धुरामा उपचार हुन नसक्ने भन्दै अन्यत्र लैजान डडेल्धुरा अस्पतालले आइतबार साझ विज्ञप्ति जारी गरेको थियो।

तर, डा. केसीले अन्यत्र जान नमानेको र स्थानीयले पनि डा. केसीको माग पूरा नगरी जान नदिने भनेपछि हेलिकोप्टर रित्तै फर्किएको हो।

डडेल्धुरका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलका अनुसार काठमाडौं लैजान नेपाली सेनाको हेलिकोप्टर मगाइएकोे थियो। उनले भने, ‘डा.गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिदै गएपछि अनुरोध गरेर सेनाको हेलिकप्टर आएको थियो तर डाक्टर सापले जान मानेनन्।

उनका समर्थकले पनि जबरजस्ती नलैजान भनेपछि हेलिकप्टर फर्किएको छ।’ आफुले डा. केसीलाई मनाउने प्रयास गरेको तर उनले भेट्न् समेत नमानेको बताए।

प्रतिक्रिया दिनुहोस्