सेनाको हेलिकप्टर डडेल्धुरा पुग्दा, केसीले भने, ‘म स्वस्थ छु’



२५ कार्तिक २०७६, काठमाडौं

चिकित्सा क्षेत्र सुधारको माग गर्दै अनशनरत डा.गोविन्द केसीलाई लिन नेपाली सेनाको हेलिकप्टर डडेल्धुरा पुगेको छ। तर केसीले भने आफू स्वस्थ रहेको भन्दै अनशन तोड्न र काठमाडौं जान इन्कार गरेका छन्।

यसअघि डडेलधुरा अस्पतालले केसीको स्वास्थ्य बिग्रिएको भन्दै यहाँबाट अन्तै सार्न भनेको थियो।

अस्पतालबाट विज्ञप्ति नै सार्वजनिक भएपछि डा. केसीलाई लिन काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टर सोमबार बिहान डडेलधुरा आएको छ। हेलिकोप्टर दहस्थित नेपाली सेनाको ब्यारेकमा बसेको छ।

तर, डा. केसीले भने आफू स्वस्थ भएको भन्दै डडेलधुरा छाडेर अन्त नजाने बताएका छन्।

सोमबार बिहान नै शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले डा. केसीलाई अनशन तोड्न आग्रह समेत गरेका थिए। तर, केसीले आफूले अनशन नतोड्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्