भारतको नयाँ नक्सामा नेपाली भूभाग परेपछि जवाफ दिन प्रधानमन्त्रीलाई बोलावट



२५ कार्तिक २०७६, काठमाडौं

भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग परेको विषयमा छलफल गर्न संघीय संसद्को प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएको छ । सांसदहरूले भारतले जारी गरेको नयाँ नक्साबारे प्रधानमन्त्रीसँग छलफलको माग गरेपछि सोमबार प्रधानमन्त्रीलाई समिति बैठकमा आमन्त्रण गरिएको हो ।

आइतबार बसेको संसदीय समितिको बैठकमा सीमाबारे सांसदहरूले सरकारको धारणा माग गर्नुपर्ने बताएका थिए । सांसदहरूले सरकारको आधिकारिक धारणा राख्न प्रधानमन्त्रीलाई समितिमा बोलाउन माग गरेको समिति सभापति शशी श्रेष्ठले जानकारी दिइन् ।

भारतीय नयाँ नक्सामा नेपाली भूभाग (लिपुलेक र कालापानी) परेको भन्दै नेपालमा सर्वत्र विरोध भइरहेको छ । तर, भारतले नेपाली भूभाग नपरेको दाबी गर्दै आएको छ । यस विषयमा राज्य व्यवस्था समितिले चासो देखाएको हो । यो समाचार आजको राजधानी दैनिकमा सविन शर्माले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्