
२४ कार्तिक २०७६, काठमाडौं
नयाँ कार्यसमितिका लागि नेपाल स्वास्थ्यकर्मी संघको आईतबार सम्पन्न निर्वाचनको मतगणना शुरु भएको छ। प्रारम्भिक मत परिणाम अनुसार अध्यक्षमा रामजी घिमिरे केही भोटले अघि देखिएका छन् भने बरिष्ठ उपाध्यक्षमा सरोज साह र महासचिवमा दीपक भट्ट अघि देखिएका छन्।
निर्वाचन समितिले दिएको जानकारी अनुसार अहिलेसम्म १३५ भोट गणना हुँदा अध्यक्षमा घिमिरेको ७० भोट आएको छ भने उपाध्यायको ६१ भोट आएको छ।
यस्तै, बरिष्ठ उपाध्यक्षमा रामचन्द्र साह अघि देखिएका छन्। उनको ४९ भोट आएको छ भने अर्का उम्मेद्धार दीपक मुडभरीको ३९ भोट आएको छ। महासचिव पदमा दीपक भट्ट अघि देखिएका छन्। उनको ८० मत आउँदा अर्का उम्मेद्धार शंकर कंडेलको ४० मत आएको बताइएको छ।
अहिले पाँच ठाँउबाट गणना गरिएकोले अन्तिम मत परिणाम छिटै थाह हुने बताइएको छ।





