बच्चा तनावमा भएको कसरी थाहा पाउने?



२० कार्तिक २०७६, काठमाडौं

विभिन्न अध्ययन प्रतिवेदनका अनुसार भारतमा करिब १ दशमलव ६ प्रतिशतदेखि १२ दशमलव २ प्रतिशतसम्म बच्चामा ध्यानको कमी भएको समस्या पाइन्छ। अटेन्सन डेफिसिट हाइपर एक्टिभिटी डिसअर्डर अर्थात् ध्यानको कमी र अत्यधिक सक्रियता सम्बन्धी रोगलाई एडीएचडी भनिन्छ।

एडीएचडीको समस्या त्यस्ता परिवारमा बढी हुन्छ। जहाँ तनावको वातावरण रहन्छ र पढाईंमा बढी ध्यान दिन जोड दिइन्छ। इन्डियन मेडिकल एशोसिएसन (आईएमए) का अनुसार, एडीएचडीको समस्या प्रायजसो प्री स्कूल वा एलकेजीमा अध्ययन गर्ने बालबालिकामा बढी हुन्छ।

केही बच्चामा एडीएचडीका कारण किशोरावस्थामा पुगेपछि समस्या आउन सक्छ। साथै वयस्कमा पनि यो समस्या हुन सक्छ। एडीएचडी भएका बच्चा बढी सक्रिय र केही अन्य व्यवहारगत समस्या दर्शाउन सक्छन्। उनीहरूको हेरचाह गर्नु र केही सिकाउन कठिन हुन्छ।

उनीहरू स्कूलमा पनि घुलमिल गर्न सक्दैनन् र अतिरिक्त क्रियाकलापमा पनि सहभागि हुन सक्दैनन्। यो अवस्थालाई सुरुको समयमा नै सुभार गर्न सकिएन भने जीवनभर सताई राख्छ। एडीएचडीको कुनै उपचार छैन। तर, उनीहरूले देखाउँने व्यवहारमा लक्षण कम गर्न र यस्ता बच्चाको कार्यप्रणालीमा सुधारको उपाय अपनाउँन सकिन्छ।

केही उपचारको विकल्पमा औषधि, मनोचिकित्सा, शिक्षा वा प्रशिक्षण वा यी सबैको मिश्रण हुन सक्छ। टिभी धेरै हेर्नु, गरीबी वा फुड एलर्जीले एडीएचडी हुँदैन । शिक्षा, समर्थन र रचनात्मकताले यस्ता बच्चामा एडीएचडी हुनबाट रोक्नमा धेरै सहयोगी हुन्छ। यद्यपि, एडीएचडी भएका बच्चासँग राम्रोसँग प्रस्तुत हुनु गाह्रो हुन्छ।

तर, समयलाई प्राथमिकता दिँदै र प्रत्येक काम समयअनुसार गर्नाले स्थिती नियन्त्रणमा ल्याउन मद्दत पुग्छ। आमा–बुबाले सँधै ध्यान दिनुपर्छ कि एडिएचडीले गर्दा कतै तपाईँको बच्चाको बुद्धि वा क्षमतामा कमी त आएको छैन।

बच्चाको शक्तिको पत्ता लगाउनु र राम्रो परिणामका लागि उनको शक्ति र क्षमतालाई ध्यानमा राख्नु पनि जरुरी हुन्छ।

एडीएचडी भएका बच्चाको देखभाल गर्ने उपायः

रुटिन बनाउनेः स्पष्ट रुपले काम गर्ने समय तालिका बनाउने। जसले गर्दा बच्चासँग कस्तो व्यवहार गर्ने भन्ने बारेमा सबैले थाहा पाउन ।

पुरस्कार र उपहारः राम्रो काम गरेबापत समयसमयमा उनलाई पुरस्कार र उपहार दिनुपर्छ। बालबालिकाको राम्रो काम बापत प्रसंशा र सकारात्मक प्रतिक्रिया दिनाले व्यवहार राम्रो बनाउन सकिन्छ।

चेतावनीको संकेतमा ध्यान दिनेः बालबालिकाले आफूमाथिको नियन्त्रण गुमाउन थाले त्यसमाथि ध्यान दिने र उसलाई अन्य कुनै गतिविधिमा व्यवस्त बनाउने।

साथीहरूलाई बोलाउनेः बालबालिकालाई समाजमा वा स्कूलमा घुलमिल गराउन घरमै उसको साथीहरूलाई बोलाउने। तर, ध्यान दिनु पर्छ की उसले आफ्नो नियन्त्रण नगुमाओस्।

निद्रामा ध्यान दिनेः आफ्नो बच्चालाई राम्रो निद्रामा सुत्न दिने। सुत्नु भन्दा पहिले उसलाई कुनै रमाइलो गतिविधिमा व्यस्त गराउने।

प्रतिक्रिया दिनुहोस्