त्रिवि उपकुलपति प्राडा बास्कोटा र काउन्सिलका अध्यक्ष प्राडा कोइरालाले गरे पदवहाली



१९ कार्तिक २०७६, काठमाडौं

सरकारले आइतबार नियुक्त गरेको त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटा र नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा भगवान कोइरालाले सोमबार पदवहाली गरेका छन्।

उपकुलपति प्राडा बास्कोटाले दिउसो तीन बजे त्रिवि केन्द्रीय कार्यालय कीर्तिपुर पुगि पदवहाली गरेका हुन्। यता प्राडा कोइरालाले भने अपरान्ह बाँसबारीस्थित काउन्सिलको कार्यालय पुगि पदवहाली गरेका हुन्।

कीर्तिपुमा प्राडा बास्कोटालाई निमित्त उपकुलपति प्राडा सुधा त्रिपाठीले स्वागत गरेकी थिइन। यता काउन्सिलमा उपाध्यक्ष डा नारायण विक्रम थापाले प्राडा कोइरालालाई स्वागत गरेका थिए।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमका प्राध्यापकद्धय डा बास्कोटा र डा कोइरालालाई सरकारले चार बर्षका लागि नियुक्त गरेको हो।

प्रतिक्रिया दिनुहोस्