जान्नुहोस्ः महिलामा देखिन सक्ने क्यान्सरको लक्षण



१८ कार्तिक २०७६, काठमाडौं

यदि तपाईँले स्तनमा गोलीगाँठा भेटाउनुभयो भने के गर्नु हुन्छ? क्यान्सरको लक्षण हुन सक्छ या सक्दैन एकचोटी पक्कै सोच्न जरुरी छ।

त्यसैगरी यदि घाँटी सुन्निएको छ, छालामा निको नहुने डल्लो, कुनै अंगको निको नहुने दुखाइ इत्यादि समस्या आइरहेको छ भने सजगता अपनाउनुपर्ने चिकित्सकहरु सुझाव दिन्छन्।

त्यसैले जान्नुहोस्ः जसमा नाक,कान तथा घाँटी,स्तन, रगत, फोक्सो, छाला तथा विभिन्न प्रकारका क्यान्सरका लक्षणहरुको बारेमाः

हड्डी दुख्नु

हड्डी दुखाइ घाउचोटपटक, संक्रमण तथा हड्डीसम्बन्धी समस्याले हुन सक्छन्। तर यी क्यान्सरका लक्षण पनि हुन सक्छन्।

यदि तपाईँको ढाड, कम्मर, करङहरु दुख्छ भने सजग हुनुपर्छ। हाडजोर्नी दुखेर ज्वरो आउने, थकान महसुस हुने वा तौल कम भएको छ भने त्यो ल्युकेमियाको लक्षण हुन्छ सक्छ। बोन म्यारो वा रगतको क्यान्सरका लक्षण हुन सक्छन्।

दाना जस्तो डण्डिफोर

छालाका क्यान्सरका बिरामी पछिल्लो समय धेरैदेखिएका छन्। जसको मुख्य कारण सुर्यको अल्ट्राभ्वाइलेट किरणसँगको प्रत्यक्ष सम्पर्क भन्ने देखिएको छ।

यदि गाला तथा नाकमा गोलो मोती दाना जस्तो डण्डिरफोर देखियो र त्यसले निको हुने छाँटकाट नै देखाउँदैन भने क्यान्सरको लक्षण हुन सक्छ।

त्यसैले, ६ देखि ८ हप्ता सम्म त्यो दाना रहिरह्यो भने उपचार गराउनुपर्छ।

लामो समयसम्म चिलाउने

सुन्दा पत्यार लाग्दैन तर छाला लामो समयसम्म चिलाउनु पनि क्यान्सरको लक्षणमध्येको एक हो।

लिम्फोमाको लक्षण हुन सक्छ। धेरै जसो छालाको समस्या भए छालारोग विशेषज्ञ कहाँ जाने भेटिन्छन्।

यदि तपाईँले पहिले छालारोगकोमा गइसक्नुभएको छ र सुधार भएन भने क्यान्सररोग विशेषज्ञसँग जचाउनुहोस्।

कान दुख्ने

यदि तपाईँको कान लगातार दुखिरहेको छ। र कुनै संक्रमण पनि भएको छैन भने त्यसको संकेत के त?

त्यो कानको समस्या नहुन सक्छ। त्यो दुखाइ कानको नसाबाट टाउको वा घाँटीसम्म पुगिरहेको हुन सक्छ। जुन मुखको क्यान्सरको लक्षण हुन सक्छन्।

त्यसैगरी जिब्रोको पछाडी र तन्सिलमा पनि क्यान्सर देखिन सक्छ।

योनीबाट रगत बग्नु

अनियमित महिनावारी हामोर्नको गडबडीले हुन सक्छ। तर कहिलेकाहीँ महिनावारी गडबडी गर्भासयको क्यान्सर पनि हुन सक्छ।

मेनोपजपछि पनि रगत बग्नु सामान्य होइन। त्यसैले ख्याल गर्नुपर्ने हुन्छ। चिकित्सकहरुका सल्लाह अनुसार, गर्भासयको क्यान्सर धेरैजसो पहिलो स्टेजमा थाहा पाइन्छ र निको हुने धेरै सम्भावना हुन्छ।

पिसाबको समस्या

पिसाबको समस्या धेरै जसो महिलामा देखिने गरेको चिकित्सकहरु बताउँछन्।

विशेषगरी यसको संक्रमण हुने र टाइप टु डायबेटिजले गर्दा पनि पिसाबको समस्या महिलाले भोग्छन्।

पिसाबको समस्या पत्थरीको संकेत पनि हुन सक्छ। यदि पिसाबमा रगत देखिएको छ भने त्यो मुत्रथैली वा मृगौलाको क्यान्सर हुन सक्छ।

एनिमिया

यदि तपाईँको दिसामा रगत देखियो (पायल्स रोगबाहेक) भने त्यो ठूलो आन्द्राको क्यान्सर हुन सक्छ।

एनिमियाले तपाईँलाई थकान महशुस गराउने, चक्कर लगाउने जस्ता लक्षण गराउन सक्छ जुन क्यान्सरका लक्षण हुन सक्छन्।

घाँटीमा गोलीगाँठा

सबै गोलीगाँठा र डल्लोहरु क्यान्सरको लक्षण होइनन्। घाँटीमा आउने सुन्निएको डल्लो कुनै संक्रमण वा बढिरहेको ट्यमुर हुन सक्छ।

यदि घाँटीको बीच भाग जहाँ थाइरोड हुन्छ त्यहाँ सुन्निएको छ भने क्यान्सरको परिक्षण भने गराउनुपर्छ। महिलामा थायराइड क्यान्सरको सम्भावना पुरुषभन्दा ३ गुणाले बढी हुन्छ। खुसीको कुरा भने यो क्यान्सर धेरै छिटो फैलिँदैन र यसको उपचारमा निको हुने धेरै सम्भावना हुन्छ।

स्तन सुन्निनु

यदि स्तन अरुबेला भन्दा असामान्य देखिन्छ। जस्तैः दुखाइ, रातोपन, सुनिएको छ भने स्तनमा संक्रमण भएको हुन सक्छ।

स्तन क्यान्सरको पनि उस्तै लक्षण हुन्छन्। कुनै–कुनै महिलामा स्तनको छाला एकदम बाक्लो हुँदै जाने हुन्छ त्यो पनि स्तन क्यान्सरको लक्षण हो। यो एकदम छिटो फैलन सक्छ।

नोटः चिकित्सकहरुले बताए अनुसार क्यान्सर रोग समयमै नै पहिचान गर्न सके निको हुने रोग हो। यदि तपाईलाई यी मध्ये कुनै लक्षण पनि देखिएका छन् भने विशेषज्ञ डाक्टरसँग जचाइँहाल्नुस्।

प्रतिक्रिया दिनुहोस्