सवारी दुर्घटनामा परी चिकित्सक बाबु र नर्स छोरीको मृत्यु



१८ कार्तिक २०७६, काठमाडौं

मोरङको बूढीगंगा गाउँपालिकामा सवारी दुर्घटना हुँदा चिकित्सक बाबु र पेसाले नर्स रहेकी उनकी छोरीको मृत्यु भएको छ।

कोशी राजमार्ग अन्तर्गत मोरङको बुढीगंगा गाँउपालिका–१ खण्डमा बसले मोटरसाइकललाई ठक्कर दिँदा बूढीगंगा गाउँपालिका–५ का अन्दाजी ५२ वर्षीय शुभलाल माझी र उनकी २६ वर्षीया छोरी अञ्जलीकुमारी माझीको मृत्यु भएको हो। बावु शुभलाल पेसाले चिकित्सक र छोरी नर्स हुन् । शुभलाल विराटनगरको गोल्छा आँखा अस्पताल र अञ्जलीकुमारी न्यूरो अस्पतालमा कार्यररत थिए।

घरबाट अफिस आउने क्रममा दुर्घटनामा परी बावु–छोरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, मोरङका डीएसपी राजकुमार खिइजूले जानकारी दिए।

विराटनगरबाट इटहरीतर्फ जादै गरेको को १ ख ७२३२ नम्बरको बसले विपरीत दिशाबाट विराटनगरतर्फ आउँदै गरेको को २७ प १०२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। प्रहरीका अनुसार, ठक्करबाट गम्भीर घाइते उनीहरूको विराट नर्सिङ कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस्