प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक



१७ कार्तिक २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन्। उनले पाँच बजेका लागि बैठक बोलाएका हुन्।

आइतबार विहान पनि मन्त्रिपरिषद् बैठक बसेको थियो। बैठकले नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा भगवान कोइरालालाई नियुक्त गर्ने लगायतका निर्णय गरेको थियो।

अहिले फेरि बोलाइएको बैठकका एजेण्डाबारे भने मन्त्रीहरु समेत बेखबर रहेका छन्।

प्रतिक्रिया दिनुहोस्