नयाँ तथ्यः मोबाइल र कम्प्युटरको प्रकाशले मानिस चाँडै बूढो हुन्छ



१७ कार्तिक २०७६, काठमाडौं

कम्प्युटर वा मोबाइलका स्क्रीनबाट निस्कने प्रकाशले मानिसको निद्रालाई प्रभाव पार्छ, यो धेरै वर्ष अगाडि प्रमाणित भइसकेको तथ्य हो।

तर, फेरि अर्को नयाँ अध्ययनले उक्त प्रकाशले मानिसमा बूढ्यौलीपन पनि चाँडै देखिने खुलासा गरेको छ।

वैज्ञानिकहरूले उक्त प्रयोग भुसुनामा गरेका थिए। उनीहरुले अध्ययन-प्रयोगले त्यस्तो प्रकाशको सम्पर्कमा आउने भुसुनाहरूको आयु छोटिएको भेटाएका थिए।

बीबीसीका अनुसार, यसले मानिसहरूमा पनि यस्तै प्रभाव पार्ने छ।

प्रतिक्रिया दिनुहोस्