मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइराला नियुक्त



१७ कार्तिक २०७६, काठमाडौं

डा. भगवान कोइरालालाई सरकारले मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। शिक्षामन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको सर्च कमिटीले वरिष्ठ मुटुरोग विशेषज्ञ कोइरालालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति बनाउन सिफारिस गरेको थियो।

दोस्रो नम्बरमा धर्मकान्त बाँस्कोटा र तेस्रो नम्बरमा चन्द्रमणि पौडेलको नाम सिफारिस गरिएको थियो। तर, प्रधानमन्त्री ओलीले बाँस्कोटालाई उपकुलपति बनाउन चाहेपछि कोइरालालाई मेडिकल काउन्सिलको अध्यक्ष बनाइएको हो।

यद्यपि आइतबार उपकुलपति नियुक्तिबारे निर्णय भएको छैन।

प्रतिक्रिया दिनुहोस्