
१७ कार्तिक २०७६, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद बैठकका लागि मन्त्रीहरुलाई बालुवाटारमा कुराएर केहीबेरका लागि एक्सरे गर्ने भन्दै महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पताल लागेका छन्।
बालुवाटारमा आफूहरु अहिले प्रधानमन्त्री ओलीलाई कुरिरहेको त्यहाँ रहेका एक मन्त्रीले बताएका छन्।
एक्सरे गरेर आएलगत्तै ओलीले पहिले मन्त्रीपरिषद बैठक सञ्चालन गर्ने त्यसपछि नेकपा सचिवालय बैठक डाक्ने र फेरी मन्त्रीपरिषद बैठकलाई
निरन्तरता दिने ती मन्त्रीको भनाई छ।
फाइल तस्विर





