एक व्यवसायी महिलालाई हत्यापछि फ्रिजमा कोचियो



१५ कार्तिक २०७६, काठमाडौं

थाइल्यान्डमा विभत्स रुपमा एक महिला व्यवसायीको हत्या गरिएको अवस्थामा शव फेला परेको छ। उनी आफ्नै घरभित्र फ्रिजमा विभत्स अवस्थामा मृत भेटिएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन्। थाई प्रहरीले अहिले उनको साथीको खोजी गरिरहेको बताइएको छ।

ती महिला व्यवसायी ५८ वर्षीया प्रोपर्टी डेभलपर वान्नी जिराचारोनिङ भएको बताइएको छ। उनी अक्टोबर १८ देखि नै देखिएकी थिइनन्। उत्तरी थाइल्यान्डको चियांग माईमा रहेको स्थानीय मन्दिर घुम्ने क्रममा बेपत्ता भएकी थिइन्।

त्यसलगत्तै उनका भाइ वराफान जिराचारोनिङले उनी हराएको क्षेत्रमा पुगेर उनको खोजी गरिरहेका थिए। सोही क्रममा उनको शव आइतबार आफ्नै रेफ्रिजेरेटरभित्र कोचेर लुकाइएको अवस्थामा फेला परेको हो।

प्रहरीले उनको शंकास्पद हत्याराबारे खोजी गरिरहेको छ। उनी हराएदेखि नै उनका साथी पनि हराइरहेका छन्।

उनको हत्यासँगै बैंकमा रहेको एकाउन्टबाट पैसा समेत निकालिएको छ भने बैंकका कार्डहरु पनि भेटिएका छैनन्। उनको कार पनि गायब पारिएको छ। उम नामका वानीका साथीले हत्याबारे बताउनसक्ने आशंकामा प्रहरीले खोजी तीव्र पारेको छ। वानीले धेरै पाउन्ड स्टर्लिंग दान समेत गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्