
१५ कार्तिक २०७६, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले अब नियमित मृगौलाको डायलासिस गुर्नुपर्ने भएको छ। उनको उपचारमा संलग्न चिकित्सकहरु नियमित डायलासिस गर्नुपर्ने निष्कर्षमा पुगको छन्।
उपचारमा संलग्न तिकित्सकहरुले शुक्रबार बिहान प्रधानमन्त्री ओलीको स्वास्थ्य परिक्षण भएका सबै रिपोर्टहरुहरुको अध्यान पश्चात् नियमित मृगौलाको डायलासिसमा जानुपर्ने निष्कर्षमा पुगेका हुन्।
प्रधानमन्त्री ओलीको उपचारमा सहभागि एक चिकित्सकका अनुसार, अब हरेक हप्ता तीन पटक चार/चार घण्टा मृगौलाको डायलासिस गर्नुपर्नेछ। चिकित्सकले प्रधानमन्त्री ओलीलाई डायलासिसमा जानु पर्ने सुझाव दिएको ति चिकित्सकले बताए।
ओलीको रिर्पोटहरु उनको स्वास्थ्य परिक्षण गरिरहेका सिंगापुरका चिकित्सकहरुलाई पनि इमेलमार्फत पठाएको स्रोतको जनाएको छ। केही समय डायलासिस गरेर मृगौला प्रत्यारोपणमा जाने की भन्ने विषयमा पनि बालुवाटामार छलफल भइरहेको छ।
एक पटक प्रत्यारोपण गरेको विरामीलाई फेरि प्रत्यारोपण गर्दा जोखिमको मात्रा कति हुन्छ भन्ने विषयमा उपचारमा संलग्न चिकित्सकहरु विज्ञहरुसँग परामर्श पनि गरिरहेका छन्। यसअघि सिंगापुरमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणका विषयमा पनि छलफल भएको थियो।
स्रोतका अनुसार मृगौलाको क्रसम्याचका लागि दुई जना मृगौला दातालाई पनि त्यतिवेला सिंगापुर लगिएको थियो। ओलीको उपचार गरिरहेको सिंगापुरका चिकित्सकहरुको टोलीसँग अहिले प्रधानमन्त्रीकी निजि चिकित्सक डा।दिव्या सिंह शाह, डा.दिलिप शर्मा, डा.अरुण सायमीलगायतले परामर्श थालेका छन्।
प्रधानमन्त्री ओलीको १२ वर्ष अघि भारतमा मृगौला प्रत्यारोपण गरिएको थियो। त्यसमा समस्या आएपछि साउन र भदौमा सिंगापुरमा उपचार गरिएको थियो। सिंगापुरमा प्लाज्माथेरेसिस गरेपछि केही समय सन्चो लागेको थियो।
तर, फेरि मृगौलामा समस्या देखिएपछि बुधबार बिहान धापासीस्थित ग्रान्डी ईन्टरनेसल अस्पताल भर्ना गरिएको थियो। बुधबार र बिहीबार दुई पटक डायलासिस गरिएको हो।
बालुवाटारमै डायलासिस मेसिनः
प्रधानमन्त्री ओली र उनका निजि चिकित्सक र सचिवालयका केही व्यक्तिहरुबीच भएको बैठकमा बालुवाटारमै डायलासिस मेसिन जडान गर्ने विकल्पका विषमया पनि छलफल भएको स्रोतको जनाएको छ। उक्त बैठकमा नियमित डायलासिसमा जानुपर्ने भएकाले बालुवाटारभित्रै सुविधासम्पन्न डायलासिस रुमु तयार गर्न सकिने विकल्पका विषयमा छलफल भएको हो।
हप्तामा तीन दिन कम्तिमा चार घण्टाको लागि अस्पताल जानुभन्दा बालुवाटरमै डायलासिस रुम सेटअप गर्दा सहज हुने केहीको सुझाव थियो।
यद्यपी बालुवाटारमै डायलासिस रुम सेटअप गर्ने कि नगर्ने निर्णय भने भइसकेको छैन। डायलासिस रुम सेटअप गरे बालुबाटारभित्रै चिकित्सक, नर्स, सानो ल्याबलगायतको ब्याकअप पनि राख्नु पर्ने हुन्छ।उनका निजि चिकित्सक र सचिवालयका केही व्यक्तिहरुबीच भएको बैठकमा बालुवाटारमै डायलासिस मेसिन जडान गर्ने विकल्पका विषमया पनि छलफल भएको स्रोतको जनाएको छ। उक्त बैठकमा नियमित डायलासिसमा जानुपर्ने भएकाले बालुवाटारभित्रै सुविधासम्पन्न डायलासिस रुमु तयार गर्न सकिने विकल्पका विषयमा छलफल भएको हो।
फाइल फोटो





