
१३ कार्तिक २०७६, काठमाडौं
पोखरामा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
पोखरा महानगरपालिका–२७ तालचोकमा मङ्गलबार साँझ स्कोरपियो गाडीको ठक्करबाट स्कुटर चालक लमजुङ बेंशीसहरका २९ वर्षीय नन्दप्रसाद गुरुङको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिए।
दुर्घटनामा परी गम्भीर घाइते भएका गुरुङलाई मणिपाल शिक्षण अस्पताल लगिएकोमा गए राति उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ। बा १ य ८७५ नम्बरको स्कारपियो गाडीले गुरुङ सवार ग १२ प ८८०० र अर्को ग ९ प ५४८२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।
दुर्घटनामा परेका पोखरा–८ का अजित गुरुङ तथा गाडी चालक पोखरा–का ३१ का कैलाश थापाको उपचार भइरहेको प्रहरीले जानकारी दिए।





