ससुरालीमा झुण्डिएको अवस्थामा फेला परे एक युवक



१३ कार्तिक २०७६, काठमाडौं

बाराको बगरमपुरका एक युवक पर्साको सबैयामा झुण्डिएको अवस्थामा फेला परेका छन्।

पर्सागढी नगरपालिका–३ सबैयास्थित ससुरालीको घरमा बस्दै आएका २५ वर्षीय बिजुली सहनी मंगलबार विहान बैकैनाको घरमा झुण्डिएर अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएके छ।

सहनी झुण्डिएको खबर पाएपछि इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको टोली घटनास्थल पुगी शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाएको छ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्