अस्पतालको छतबाट लडेर नाबालकको मृत्यु



१० कार्तिक २०७६, काठमाडौं

मोरङ विराटनगर महानगरपालिका–४ स्थितमा रहेको नोबेल अस्पतालको छतबाट लडेर १ जना नाबालकको मृत्यु भएको छ।

शनिबार दिउँसो साढे ४ बजेको समयमा सोही अस्पतालमा काम गर्ने तारा प्रसाद न्यौपानेको १६–१७ महिनाको छोरा रिदम न्यौपाने लडेर घाईते भएपछि सोही अस्पतालमा उपचारको क्रममा उनको साझँ ५ बजेको समयमा मृत्यु भएको थियो।

घटना सम्बन्धमा थप अनुसन्धानभईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्