सीटीईभीटीको गोप्य प्रतिवेदन : विद्यमान संरचनामा कार्यक्रम सञ्चालन गर्नै कठिन



०९ कार्तिक २०७६, काठमाडौं

प्राविधिक जनशक्ति उत्पादन गर्ने महत्वपूर्ण अड्डा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले हालको संरचनामा परिषद्का कार्यक्रम सञ्चालन गर्न नसक्ने देखिएको छ ।

परिषद्को वर्तमान संरचना र जनशक्तिबाट हाल सञ्चालन भएका कार्यक्रमलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्न कठिनाइ भएको प्रतिवेदन फेला परेकाे खबर राजधानी दैनिकमा छापिएकाे छ । सीटीईभीटीको सम्बन्धमा डा. रुद्र सुवालको प्रतिवेदनले परिषद्का कार्यक्रम विस्तार गर्न विद्यमान संगठन संरचना, जनशक्ति र साधन स्रोतको अभाव हुने निष्कर्ष निकालेको छ ।

परिषद्मा स्थायी कर्मचारीभन्दा करार र अस्थायी कर्मचारी बढी छन् । अहिले परिषद् मातहत २ हजार ३० कर्मचारी छन् । जसमध्ये ९३२ जनाको स्थायी दरबन्दी छ । अन्य सबै करार र अस्थायी छन् ।शिक्षालयहरूले कार्यक्रम सञ्चालन गर्दा राज्यको महŒवपूर्ण एवं प्राथमिकताका विषयमा केन्द्रित भई सञ्चालन नभएको देखिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्