यसरी छुट्याउनुस् चुरोट लत, जरुर पढ्नुस्………



०७ कार्तिक २०७६, काठमाडौं

चुरोटको लत सबैभन्दा नराम्रो लत हो। बानी लागेको थाहा नहुने अनि छुटाउन समस्या पर्ने यो लतका शतप्रतिशत बेफाइदा मात्र छन्।

फोक्सो, घाँटी, मुख देखि दिमागमा समेत भयानक असर पुर्योउने चुरोट छुटाउनुपूर्व लतको कारण बुझ्नु पर्दछ।

चुरोटमा हुने निकोटिनले खुसी तथा सन्तुष्ट भएको बेला सक्रिय हुने दिमागको एक विशेष भाग सक्रिय हुन्छ। यसरी खुसी हुन पुग्दा दिमागमा डोपामिन नामको एक हर्मोन पैदा हुन्छ।

गुलियो खाँदा, खुसी हुँदा, शारीरिक सम्पर्क गर्दा पनि यहि डोपामिन पैदा हुने गर्दछ। नियमित डोपामिन पैदा हुँदा दिमागलाई डोपामिनको बानी पर्दछ। अनि नियमित डोपामिन पैदा गराउँन सोही कार्य दोहोर्याउन दिमागले बाध्य बनाउँछ। अनि लाग्छ लत।

यसरी लागेको लत छुटाउन कठिन हुन्छ तर असम्भव हुँदैन। लत केवल दिमागले नियमित गर्ने कार्य दोहोर्याउन बाध्य बनाएको प्रक्रिया मात्र हो। दिमागमा अन्य तरिकाले डोपामिन पैदा गराइ लागेको लत कम गर्न सकिन्छ।

त्यसैले, चुरोटको लत दछुटायउने यी जानकारी तपाईहरुको लागिः

चुरोट छोडेको व्यक्तिको संगत गर्नुहोस्ः

दैनिक लाखौ मानिले चुरोटको लत छुटाउँछन्। तपाईँ पनि तिनै मानिससँग मिसिन सक्नुहुन्छ। चुरोट छोडेकासँग लत छुटाउने बारे अनुभव हुन्छ। जसले तपाईँको लत छुटाउन मद्धत गर्दछ।

लेख्ने बानी गर्नुहोस्ः

किन चुरोट छोड्न चाहनुहुन्छ लेख्ने बानीको बिकास गर्नुहोस्। चुरोटका वेफाइदा अनि तपाईँमा देखिएको असर लेख्ने गर्नुहोस्।

यसो गर्दा तपाईँको दिमागले लत छुटाउने तर्फ ज्यादा ध्यान दिने गर्छ।

छोड्ने मिति तोक्नुहोस्ः

चुरोट कहिले सम्म छोडिसक्नु हुन्छ? मिति तोक्नुहोस् अनि परिवार वा साथीभाईलाई पनि भन्ने गर्नुहोस्।

हरेस नखानुहोस्ः

लत छोड्न निकै गाह्रो हुन्छ। निकोटिन निकै एडिक्टिभ हुन्छ। लत छोड्ने क्रममा कहिले चुरोट खाउँ खाउँ लाग्न हुन्छ।

कहिले तपाईँको मुडमा नै नकारात्मक असर पर्न सक्छ। तर ती सबैको लागि तयार रहि हरेस नखाई छोड्न तिर बल गर्नुहोस्।

कारण पत्ता लगाउनुहोस्ः

के कारणले, कुन बेला, कस्तो अवस्थामा चुरोट पिउने गर्नुहुन्छ? कापीमा टिप्ने गर्नुहोस्।

तरिका परिवर्तन गर्नुहोस्ः

कारण पत्ता लगाएपछि आफ्नो जीवनशैली वा कार्यशैली परिवर्तन गर्नुहोस्। चुरोट पिउने अवस्था थाहा पाएपछि ती अवस्था आउन नदिन पहिल्यै सजग बन्नुहोस्।

चुरोट कहिल्यै नखाएकाको संगत गर्नुहोस्ः

चुरोट नखाने साथी भाइसँग संगत गर्नुहोस्। अनि आफुले चुरोट छाड्न लागेको बताउनुहोस्।

साथीहरुलाई चुरोट छोडाउन आफुलाई सहयोग गर्न भन्नुहोस्।

चुरोट छोड्नुको फाइदा याद गर्नुहोस्ः

चुरोट खाइरहँदा यसले पारेको असर सुरुसुरुमा देखिने गर्दैन। तर विस्तारै देखिदैँ जाने असर अन्त्यमा ज्यानमार ठहरिन्छ।

प्रत्येक दिन चुरोट खान कम गर्दा स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ। पुरै छोड्दा चुरोटले शरिरमा गरेको भयानक असर विस्तारै कम हुदैँ जान्छ।

प्रतिक्रिया दिनुहोस्