झुण्डिएको अवस्थामा दुई शव फेला



०७ कार्तिक २०७६, काठमाडौं

पर्सामा एकै दिन झुण्डिएको अवस्थामा दुई जनाको शव फेला परेको छ। एक जना किशोर बुधबार दिउँसो र एक किशोरीको शव साँझ झुण्डिएको अवस्थामा फेला परेको हो।

ठोरी गाउँपालिका–५ स्थित खोला छेउको सिसौघारीमा १६ वर्षीय सागर लोप्चन झुण्डिएको अवस्थामा फेला परेका हुन् भने पोखरीया नगरपालिका–९ की १९ वर्षीय रंजिता देवी आफ्नै घरमा झुण्डिएको अवस्थामा परेको परेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिए।

झुण्डिएका दुबै जनाको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको र अनुसन्धान सुरु गरिएको प्रहरीले बताए।

प्रतिक्रिया दिनुहोस्