
०६ कार्तिक २०७६, काठमाडौं
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य समूहका सबै कर्मचारीको अब एकमुष्ट रुपमा समायोजन सूचि सार्वजनिक गर्ने भएको छ। यसअघि मन्त्रालयले कर्मचारीको गुनासो संशोधन गर्दै सूचि सार्वजनिक गरिरहेको थियो।
तर अब सबै गुनासो संशोधन गरिसकेर मात्रै समायोजन सूचि सार्वजनिक गर्ने भएको छ। पटक पटक समायोजन सूचि सार्वजनिक गर्दा आफ्नो नाम नपरेको भनी कर्मचारीको गुनासो झनै बढीरहेको थियो।
अब गुनासो सुनुवाई र संशोधन एकमुष्ट रुपमा सूचि प्रकाशन तथा पत्रवितरण गरिने मन्त्रालयले जनाएको छ। स्वास्थ्यकर्मीहरू काम छोडी पत्र लिन मन्त्रालय धाउँदा सेवा प्रवाहमा असर पर्न गएकोले यस्तो निर्णय गरेको गुनासो व्यवस्थापन एवं सहजीकरण समितिका संयोजक महेन्द्र श्रेष्ठद्वारा जारी सूचनामा उल्लेख छ।





