करेन्ट लागेर एक जनाको मृत्यु



०६ कार्तिक २०७६, काठमाडौं

भोटेकोशीस्थित गाउँपालिका–४ हिन्दीमा करेन्ट लागेर एकको मृत्यु भएको छ। करेन्ट लागेका हिन्दीका ६० वर्षीय गोरे श्रेष्ठको आज (वुधबार) उपचारको क्रममा मृत्यु भएको हो।

छिमेकी रुक्मिणी कार्कीको भूकम्पले भत्काएको दुई तले घरको छतमा रहेको पानी ट्याङ्कीकोे स्ट्याण्ड लिन जाँदा करेन्ट लागेको प्रहरीको भनाई छ।

स्ट्याण्डलाई फलामको भ¥याङबाट तल झार्ने क्रममा नजिकै रहेको थ्री फेज लाइनमा छुन पुग्दा गोरेलाई करेन्ट लागेर घाइते भएपछि बाह्रबिसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्